भेरी बबई डाइभर्सनको काम ४३ दशमलव ५ प्रतीशत सम्पन्न

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम ४३ दशमलव ५ प्रतीशत काम सकिएको छ ।
आयोजनाका प्रमुख ईन्जीनियर ईश्वरी प्रशाद तिवारीका अनुसार कोरोना भाईरसका कारण आयोजनाको काम केही हद सम्म प्रभावीत भएको छ । आयोजनाले भेरि करिडोर, सामाजिक विकास कार्यक्रम, सिचाई तटबन्दन, विद्यादय तारबार, खानेपानी आयोजना संचालन लगाएको काम संचालन गरिरहेको ईन्जीनियर तिवारीले जानकारी दिनुभयो । आयोजना बाट प्रत्यक्ष रुपमा सुर्खेतका भेरिगंगा नगरपालिकाको वडा नम्वर ५, ९ र ११ त्यसै गरि लेकवेशी नगरपालिकाको वडा नम्वर १ प्रत्यक्ष रुपमा लाभान्वीत हुने छन् । हाल आयोजनाले सल्यालको सल्लीबजार देखी चौकुनै गाउँपालिकाको घाटगाउँ सम्म १२५ किलोमिटर भेरी करिडोरको काम संचालन गरिरहेको छ । कुल ३ अर्व ६१ करोड ११ लाख रुपैयाको लागतमा आयोजनाको काम संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया