वडाअध्यक्ष आफैं उपभोक्ता समितिको अध्यक्ष बने

दैलेख । स्थानीयस्तरमा उपभोक्ता समितिले कामको अनुमगन गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा हुन्छ ।
तर दैलेखमा जनप्रतिनिधिहरु आफैँ उपभोक्ता समितिका अध्यक्ष भएर सरकारी बजेटमा रजाइँ गरिरहेका छन् ।
नारायण नगरपालिका ९ का वडाअध्यक्ष ढालबहादुर थापा स्थानीय सरकारको वडाअध्यक्षदेखि उपभोक्ता समितिको अध्यक्षसम्म बनेका छन् ।
निर्वा्चित हुनु पहिलेबाटै उपभोक्ता समितिको अध्यक्षमा बन्ने गरेका उनले अहिलेसम्म राजीनामा दिएका छैनन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले वडाअध्यक्ष आफैँ उपभोत्ता समितिको नेतृत्वमा हुनु नियमसंगत नहुने बताउँछन् ।
उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा यो कुरा स्पष्ट पारिएकोको बताए। उनले वडाभरिका योजनार्तजुमा गरेर सहभागितामुलक प्रणाली अनुसार बस्ती र टोलस्तरबाट योजनाको माग गरिएको बताए ।
ङ्कलन प्राथमीकीकरण तथा छनौट र टोल विकास संस्थाको गठन गरी परिचालनका लागि उपभोक्ता समितिको अनुगमनको नीति छ। तर निर्वा्चित जनप्रतिनिधि नै उपभोक्ता समितिमा बसेपछि समस्या हुने उनी बताउँछन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ मा सार्वजनिक पद धारण गरेका व्यक्ति उपभोक्ता समितिमा बस्न नपाइने नियम छ ।
तर दैलेखमा अध्यक्ष थापा भने नियमविपरीत नारायण नगरपालिका ९ मा रहेको गिरीमोड कोटीला श्रीस्थान सडक मर्मत निर्माण समितिको अध्यक्ष छन् । नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले निर्वा्चित जनप्रतिनिधिलाई कुनै पनि विकास निर्माणका उपभोत्ता समितिमा नबस्न निर्देशन दिएको बताए ।
उनले नीति बनाइनसकेकाले थापालाई पटक पटक राजीनामा दिन दबाब दिइरहेको जानकारी पनि दिए ।

( थाहाखबरमा सामचार छ)

तपाईको प्रतिक्रिया