कर्णालीमा ३३४ कोरोना संक्रमित थपिए, २८९ जना संक्रमणमुक्त

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको ९६३ जनाको आरटी पीसीआर परीक्षणमा ३३४ जनामा संक्रमण पुष्टि भएको छ । ५०९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप २३१ जनामा पुष्टी भएको हो । योसँगै पछिल्लो २४ घण्टामा ६६० जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नौ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कणर्ालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ ।

कर्णालीमा हालसम्म आठ हजार ७११ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप २८९ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या चार हजार ५०९ पुगेको छ ।

यस्तै,देशभर कोरोना सङ्क्रमणका कारण थप दुई सय २५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या चार हजार ८४ पुगेको छ ।

यस्तै २४ घण्टामा थप नौ हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २० हजार पाँच सय ९६ पीसीआर र सात सय २० जनाको एन्टिजेन परीक्षण गर्दा नौ हजार चार सय ८३ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय २५ जना निको भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ९७ हजार आठ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाण्डौ उपत्यकामा मात्रै गएको २४ घण्टामा तीन हजार नौ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा दुई हजार सात सय ८८, भक्तपुरमा पाँच सय ३७ र ललितपुरमा ६ सय दुई जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया