कर्णालीमा स्वास्थ्यका एक सय २० जना कर्मचारी थपिए

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका एक सय २० जना कर्मचारी सिफारिस गरेको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका एक सय २० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । सबै भन्दा धेरै ७६ जना स्टाफ नर्सलाई नियुक्ति सिफारिस गरेको छ भने १२ जना ल्याब टेक्सिनसियन, रेडियोग्राफ र फार्मेसी असिस्टेन्टमा ६-६ जना तथा आयुर्वेदिकतर्फ दुई जना कविराजलाई नियुक्ति सिफारिस गरेको कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

करार नियुक्तिका लागि सिफारिस भएका सबै कर्मचारीलाई पाँच दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशनालयले निर्देशन दिएको छ ।


तपाईको प्रतिक्रिया