कामचलाउ प्रधानमन्त्री शितल निवास – अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस ।।

काठमाण्डौ – मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजै देखि कामचलाउ बनेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को बैठकको मिति घोषणा गर्नुभएको भए पनि कामचलाउ सरकारले भने आजै अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विधादेवी भण्डारीले आजका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

यसैबीच मन्त्रिपरिषद् बैठकलगत्तै कामचलाउ सरकारका प्रधानमन्त्री ओली अहिले राष्ट्रपतिको कार्यलय शीतल निवास पुग्नुभएको छ ।


तपाईको प्रतिक्रिया