प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएका छन् ।
सोमबार भएको मतादानमा वली पक्षमा ९३ र विपक्षमा १ सय २४ मत प्राप्त खसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमाले सांसदको नाम सार्वजानीक गरेका छन् । थापाका अनुसार २७ जना उपस्थित हुनुभएको थिएन भने एक जना उपस्थित भएर पनि भोट हालेनन्। थापाका अनुसार मत नदिने एमालेका सांसद
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी )
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने



दर्शन खबर । २७ बैशाख २०७८, सोमबार