काठमाडौं । बहुमतको सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आहृवान गरेकी छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।
यसअघि सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।



दर्शन खबर । २७ बैशाख २०७८, सोमबार