ओलीलाई देउवाकाे  प्रश्न –  प्रधानमन्त्री भएर अरुलाई दोष थोपर्ने ?

काठमाडौं । प्रधानमन्त्री ओलीले आफू देशको प्रधानमन्त्री भएर अरुमाथी दोष थुपारेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तर्क गरेका छन् ।
यसरी अरुलाई दोष नथोपर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह समेत गरेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताए ।

ओलीमाथी देउवाको प्रश्न थियो । ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने, अरुमाथि गुनासो र दोष थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ रु’, ‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ । आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने । आफ्नो असफलताको दोष अरुलाई थोपर्ने गरेको भन्दै देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूणर् रुपले असफल भएको बताए ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए । ‘मानिस दुनियाँबाट भाग्न सक्छ , आफैबाट भाग्छ सक्दैन । देउवाले कोभिड महामारी समेत कमिसन र भ्रष्टाचारमा सरकार लिप्त भएको भन्दै यस्तो अक्षम्य अपराधको जनताले जवाफ दिने बताए । प्रधानमन्त्री ओलीको वक्तव्य आत्मरति र आत्मप्रशंसामा केन्द्रीत रहेको भन्दै देउवाले सरकारका असफलताको इतिहासले मूल्यांकन गर्ने बताए ।


तपाईको प्रतिक्रिया