दुई सातामा पनि जडान भएन अक्सिजन प्लान्ट


जाजारकोट । स्वास्थ्य सेवा कार्यालयमा दुई सातादेखि अक्सिजन प्लान्ट थन्किएको छ। जडान गर्ने बायोमेडिक इन्जिनियर नहुँदा थन्किएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले बताए।
कोरोनाका बिरामी समस्या परे पनि प्लान्ट कोठामा थन्क्याउने काम मात्र भएको शाहीको भनाइ छ।
ड्रागन मेडिटेक प्रालि सुर्खेतले २९ लाख रुपैयाँमा प्लान्ट खरिदको गरेको थियो। बायोमेडिक इन्जिनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए। उनलका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनियर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ।
कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा. मेलिना हमालले जानकारी दिइन्र।


तपाईको प्रतिक्रिया