विश्वमै दुर्लभ चिर कालिज जाजरकोटमा

जाजरकोट । चिर कालिज सुन्दर पन्छी हो । विश्वमै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ चिर कालिज जाजरकोटका जंगलमा पाइन्छन् । यो चरा दुईदेखि चार फिट लामो हुन्छ । कुखुराजस्तै देखिने यो चराको पुच्छर लामो हुन्छ ।
यसले एकान्त जंगलमा खोर बनाएर अन्डा पार्छ । कुखुराजस्तै ओथारो बसेर चल्ला कोरल्छ। यो कालो, खैरो र छिरबिरे रङको हुन्छ। कालिजभन्दा स्वभाव र बनावट अलि फरक हुन्छ। पोथीभन्दा भाले अलि ठूलो र बलियो हुन्छ ।
चोरी सिकारका साथै वनजंगलको विनाश र आगलागीका कारण पनि चिर कालिजलाई प्रतिकूल असर परिरहेको छ। जनचेतनामूलक कार्यक्रमका माध्यमबाट यसको संरक्षण गर्न सके जाजरकोटमा प्रशस्त मात्रामा चिर कालिज वृद्धि गर्न सकिने पशु स्वास्थ्य प्राविधिक सिंहको भनाइ छ । पन्छीविज्ञ कृष्णप्रसाद भुसालको
भौगोलिक विकटता र असुरक्षाका कारण चिर कालिजको चोरी सिकार बढ्दै गएको हो। समयमै संरक्षण नगर्ने हो भने यहाँको चिर कालिज पनि लोप हुने अवस्थामा पुगेको भेरी मालिका नगरपालिका–२ का टीकाराम खड्काले बताए ।
डभिजन वन प्रमुख मञ्जुर अहमदले मातहतका रेन्जपोस्टलाई चिर कालिजको चोरी सिकार रोक्न निर्देशन दिइसकेको बताए ।

तपाईको प्रतिक्रिया