हुम्लामा एक बालक पोलिए, उपचारमा समस्या

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ ।
उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइए पनि जिल्लामा उपचार सम्भव नभएपछि बाहिर पठाइएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए ।
खाना पकाउने चुलो नजिकै सुताएका बालक चलमलाएपछि आगोमा परेका थिए । दुवै खुट्टा पोलिएर घाइते बालकलाई आर्थिक अभावकै कारण उपचारमा समस्या भएको आफन्तले बताएका छन् ।
उपचारका लागि सदरमुकाम सिमकोट ल्याएको तर बिरामी बालकलाई उपचारमा जटिल समस्या भएको जिल्लामा उपकरण नभएपछि जिल्ला अस्पतालले बाहिर पठाएको बिरामीका आफन्त भारमल बुढाले बताए ।
यस्तै सिमकोट गाउँपालिका– १ ठेहेका जैपुरी बोहराको सात वर्षका छोरा पनि तातो दाल पोखिँदा शरीरको तल्लो भाग पूरै पोलिएको छ ।
उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको नर भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया