सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको नगद ५४ हजार चोरी भएको ।
मंगलवार दिउसो २ बजेको सांसद शाही मन्त्रालय गएको समयमा पैशा चोरी भएको हो ।
कालिकोटबाट निर्वाचित सांसद शाही योजनाको विषयमा मन्त्रालयतिर गएको मौकामा कोठाबाटै पैसा चोरी भएको सांसद शाहीले बताए ।
कोठामा ताला लगाइएको भएपनि सरियाले ढोकाको ताला फोडेर, भित्र दराज फोडेर चोरी भएको यनले बताए ।
सांसद शाही वीरेन्द्रनगरको खजुरास्थित सिम्ताली चोक नजिकै भाडामा बस्दै आएका छन् ।
यता, भने
सांसद शाहीको पैशा चोरी गर्नेको खोजी भइरहेको र अहिले सम्म पत्ता नलागेको डिएसपी प्रदिप क्षेत्रीले बताए ।


दर्शन खबर । २५ बैशाख २०७६, बुधबार