सकृय बन्दै मेयर ,चौविसै घन्टा बिरामीको उद्धारमा ।।

नगरमा कोभिडका बिरामी वढेसंगै वीरेन्द्रनगरका नगर प्रमुखको पनि सक्रियता वढेको छ ।

 

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको निजी सचिवालयले आइतबार ६ बुदेँ निर्णय सावजानी संगै नगरमा कोभिडका बिरामीको उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेन्स व्वस्थापनबारे निर्णय सार्वजनिक गरेको हो ।

नगर प्रमुख देवकुमार सुवेदीका अनुसार नगरपालिकाको निर्णय गरेरै कोभिडका बिरामीको उद्धार तथा उपचारमा खटिन  कुनै कसर बाकीँ नछाड्ने बताएका छन् ।

सार्वजनिक ६ निर्णय

१. दिनको समय (७ बजेदेखि ७ बजेसम्म) मा जनस्वास्थ्यको १ र नगरपालिकाको १ गरि २ एम्बुलेन्सले पालैपालो गरि वीरेन्द्रनगर क्षेत्रभित्रका विरामी बोक्ने ।

२. रातको समयमा जनस्वास्थ्यको थप अर्को १ वटा एम्बुलेन्सले सेवा गर्ने।३. एम्बुलेन्स छुट्नु पूर्व कोभिड पोजेटिभ भएको, लक्षणहरू भएको र अस्पतालमा बेडको एकीन स्वयं बिरामीले वा कटकुवा अस्पतालको ड्यूटीको स्वास्थ्यकर्मीले एकीन गर्ने । र अस्पतालबाट डिस्चार्ज भएका वा कोभिड टेस्ट नगरेका विरामी कोभिड एम्बुलेन्सले नबोक्ने।

४. एम्बुलेन्स बोलाउँदा कटकुवा कोभिड हस्पिटलको नम्बर ०८३ ५२४४०३ मा सम्पर्क गर्नुपर्ने । स्वास्थ्यकर्मीले बिरामिको बारेमा बिस्तृत बुझेर मात्र एम्बुलेन्स खटाउने ।

५. जनप्रतिनिधी र कर्मचारीको सम्पर्कमा आउने बिरामीलाई समेत ०८३ ५२४४०३ मा सम्पर्क गर्न नम्बर दिने।

६. ल्याण्डलाईन ब्यस्त भए ईन्चार्जको ९८५८३२०००४ नम्बरमा गर्ने ।

तपाईको प्रतिक्रिया