पञ्चपुरीमा अस्थायी कोरोना अस्पताल संचालन

सुर्खेत । सुर्खेतको पश्चिमा पर्ने पञ्चपुरी नगरपालिकाले अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। उक्त अस्पतालमा अक्सिजन सहितको ५० शैयाको आइसुलेसन कक्ष रहेको छ।

कोरोनाको दोस्रो चरणको संक्रमण बढेसँगै नगरपालिका- ५ को बाबियाचौरमा रहेको विद्युत सब स्टेसनको घरलाई अस्थायी कोरोना अस्पतालको रुपमा प्रयोग गर्ने गरी कोरोना अस्पताल सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र सालकोट र वीरेन्द्रनगर लैजानको लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा राखेको जानकारी दिए।

साथै थापाले कोरोना महामारी तिव्ररुपमा फैलिएको हुदाँ सम्पुणर् नगरबासीलाई लकडाउनको पूणर्रुपमा पालना गरि व्यक्तिगत सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह समेत गरेका छन्।

थापाका अनुसार नगरपालिका भित्रका अत्यावश्यक बाहेक अन्य सेवा व्यापार व्यवसाय पूणर्रुपमा बन्द गरिएको छ। ‘नगरपालिकाले कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि सहजरुपमा अस्पताल लैजान अन्य अस्पतालसँग एम्बुलेन्सको सहकार्य समेत गरेको छ’ थापाले भने, ‘नगरपालिकाले आइसोलेशनमा रहने बिरामीको उपचारका लागि तत्काल दुईजना चिकित्सक। दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको व्यवस्था गरेका छौँ।’

तपाईको प्रतिक्रिया