मध्यरातमा नगर प्रमुख फेसबुक लाइभमा _ नगरवासिलाइ सम्बोधन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी शनिवार राति ९ बजे फेसवुक लाइभमा आएका छन् ।

कोरोना माहामारीले नगर वासि त्रसित वनिरहेकावेल प्रमुख सुवेदीले कोभिड जित्दैछ कर्णाली भन्दै नगरवासिलाइ वीरेन्द्रनगर नगरपालिकाले गरेका गतिविधिहरु सार्वजानीक गरेका छन् ।

नगर प्रमुख देव कुमार सुवेदीले फेसबुक लाइभ मार्फत अहिले नगरपालिकाबाट हप्ताको तिन दिन पिसिआर र आवश्यक्ता अनुसार वडा तहबाट एन्टीजेन्ट परिक्षणकार्य भईरहेको जानकारी दिएका हुन् ।

प्रमुख सुवेदीका अनुसार कोरोना महामारीलाई ख्याल गदै नगरपालिकाले १ करोडको कोरोना कोष स्थापना, नगरपालिकाबाट एम्बुलेन्स सेवा, हेल्पलाईन सेवा संचालन गरिरहेको हुदा नगर वासिलाइ आवस्यक पर्ने समयमा नगरपालिकाबाट उपलब्ध हुने जानकारी गराए ।

नगरपालिका संग स्रोत र साधन सिमत भएता पनी जनताको स्वास्थ्यका अगाडी सबै कुरालाई थाँती राख्दै नगरपालिकाको सिंगो टिम जनताको सेवामा लागी परेको र लागिरहने नगर प्रमुख सुवेदीले जानकारी दिए ।

निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले नागरिकहरुको ख्याल नगरेको जनगुनासो आएको भन्दै नगर प्रमुख सुवेदीले स्वास्थ्य परिक्षणको नाममा जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनी सुझाव दिनुभयो ।

पहिलो कोरोना महामारीमा पारिवारिक वाध्यताले जनता संग रहेर काम गर्न नपाएक प्रमुख सुवेदी यस पटक भने जनताको सेवामा  दैनिकि व्यस्त देखिन्छ ।


तपाईको प्रतिक्रिया