कोरोना बाट वडा अध्यक्षको मृत्यु

डडेलधुरा । कोरोना भाइरसको संक्रमणका कारण वडा अध्यक्षको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उपचारका लागि डडेलधुरा लैजाँदै गर्दा बाजुराको बडीमालिका नगरपालिका-९ का वडा अध्यक्ष बिनोदकुमार विकको बाटोमा नै मृत्यु भएको हो ।

जिल्लामा आईसीयू र भ्यान्टिलेटर दुई/दुई वटा भए तापनि अक्सिजन र जनशक्ति अभावले संचालन नहुँदा अध्यक्ष विकलाई डडेलधुरा रेफर गरिएको हो । भ्यानिलेटरको आवश्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएर बाहिर रेफर गरिएको जिल्ला अस्पताल कोरोना फोकल पर्सन चुडामडी पन्तले बताए । कोरोना संक्रमित अध्यक्ष विकलाई जिल्लामा उपचार सम्भव नभएपछि दिउँसो चार बजेतिर डडेल्धुरा अस्पताल रेफर गरिएको थियो ।


तपाईको प्रतिक्रिया