कर्णालीमा ४१४ जना कोरोना संक्रमित थपिए , २४६ जना डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेशमा थप ४१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आरटी पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४१४ जनामा कोरोना पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ४७१ जनालाई आरटी पीसीआर र २७४ जनालाई एन्टीजेन विधिबाट परिक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा कर्णालीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । योसँगै कर्णालीमा मृत्यु हुनेको संख्या ८० पुगेको छ । पछिल्लो २४ घण्टामा २४६ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या ६८९ रहेको छ ।

तपाईको प्रतिक्रिया