२४ घण्टामा थप ८ हजार २ सय ८७ कोरोनामा संक्रमण पुष्टि  

सुर्खेत । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८ हजार २ सय ८७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको १७ हजार ३ सय १५ पीसीआर परीक्षणबाट ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

यस्तै सोही अवधिमा ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो समेत गरी मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

२४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४ सय ९८ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ९८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २६ लाख १५ हजार ७ सय २० गरिएको छ ।

तपाईको प्रतिक्रिया