सुर्खेतका प्रमुख जिल्ला अधिकारी रिजाल सडकमा

सुर्खेत । निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी सडकमै निस्कीएका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा बाक्लो भिड बढेको भन्ने जनगुनासो आएसंगै प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल आफै हरेक दिन अनुगमनमा निस्किन थालेका हुन ।
पछिल्लो समय निषेधाज्ञाको अवज्ञा गर्दै विभिन्न संचार गृह, निजि स्वास्थ संस्था तथा क्लीनिक लगाएतका नक्कली परिचय पत्र प्रयोग गरि लकडाउनको अवज्ञा भएको चर्को जनगुनासो आएसंगै सुर्खेतका प्रमुख जिल्ला अधिकारी रिजाल, सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र प्रशााद भट्ट समेतको टोली निगरानीका लागी सडकमा निस्कीएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले नेपालदर्शन संग भने यो महामारी संगै सुर्खेतमा पछिल्लो समय बढेको संक्रमितको संख्या हेर्दा अवस्था खतरा उन्मुख छ, नागरिक भने महामारीको वेवास्ता गर्दै नक्कली कार्डको प्रयोग गरी प्रशासनलाई छल्दै हिड्ने र संक्रमण फैलाउने गरेका छन् । उनिहरुको पहिचान गरि कारवाही गछौँ । यसका लागी पत्रकार महासंघ सुर्खेत, जिल्ला स्तरिय सुरक्षा संयन्त्र लगाएत सबै कडा निगरानीमा खटिएका छौँ । यता पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बस्सेलका अनुसार नक्कली परिचयपत्र बोकी हिड्ने ३ जनाको कार्ड नियन्त्रणमा लिईएको छ ।

तपाईको प्रतिक्रिया