नेपालगञ्ज । भेरि अस्पतालका स्वास्थ्यकर्मी माथी अपरिचित समुहबाट हातपात भएको छ ।
अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको जनाईएको छ । कोरोना संक्रमितको मृत्यु भएपछी चिकित्सकमाथि हातपात भएको भन्दै अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गरेको छ ।

कोभिड -१९ संक्रमणको दोश्रो लहरबाट अत्याधिक प्रभावित भएका बेला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको उच्च मनोवल बनाई कार्य गर्न आवश्यक वातावरण मिलाइदिन सम्बन्धित निकायसँग अस्पतालले आग्रह गरेको विज्ञप्तीमा जनाईएको छ ।
शुक्रबार विहान अस्पतालमा आएका अपरिचित ३-४ जनाको समुहले कोभिड वार्डमा मृत्यु भएको बिरामीको विषयलाई लिएर हातपात गरेको विज्ञप्तिमा भनिएको छ ।


दर्शन खबर । २५ बैशाख २०७८, शनिबार