
सुर्खेत ।
नेपाल शिक्षक संघ लेकवेशीको तेस्रो नगर प्रतिनिधि सभा सम्पन्न भएको छ । संघले लेकवेशीमा शनिबार एक कार्यक्रमको आयोजना गरि तेश्रो नगर प्रतिनिधि सभा सम्पन्न गरेको हो ।
सम्पन्न सभाले नेपाल शिक्षक संघमा आवद्ध भई लामो समयसम्म अध्यापन गराएका सुरथ अधिकारीलाई सम्मान समेत गरेको छ ।
कार्यक्रम नेपाल शिक्षक संघ लेकवेशीका अध्यक्ष तीर्थप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति उपाध्यक्ष खड्गबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सभामा नेपाली कांग्रेसका प्रतिमान बाँकावल, उमेशकुमार पौडेल, लगायतको उपस्थिति रहेको थियो ।


दर्शन खबर । १६ फाल्गुन २०७७, आईतवार