अटो व्यावसायबाट धन कमाँउदै धन बहादुर


देवेन्द्र वली । सुर्खेत । पैसा कमाउने रहर सवैलाई हुन्छ, यो सवैलाई थाहा भएकै कुरा हो । १० बर्ष अघि पैसा कमाउने र सुखको जीवन विताउने अपेक्षासहित विदेश होमीएका गुर्भाकोट नगरपालिका ४ का धन बहादुर बैगार विदेशी भूमीमा पुगेपछि मात्र थाहा पाए, विदेशमा जाँदा त दलाल र मेनपावरलाई सहजै रकम तीरे, तर त्यहाँ पनि त्यती सहज रहेनछ । दुई वर्ष कतार र दुई वर्ष साउदीको गर्मीमा बगाएको पसिनाले उनको जीवनमा कुनै परिवर्तन ल्याएन । केवल परिवार र जन्मभूमिबाट टाढामात्र बनायो । दुई वर्ष कतारको रिम इन्टरप्राईज कम्पनीमा काम गरि सकेपटि उनी स्वदेश फर्किए । त्यस लगतै भारतमा गएर तिन वर्ष काम गर्न थाले त्यहाँ पनि उनलाई मनमा केहि सन्तोष मिल्न सकेन पछि पुनः खाडि तिर उनको मन फर्कियो र वैदेशिक रोजगारीको सिलसिलामा साउदी होमिए । एक मेन पावरको सहायताले उनी साउदीको अल मिसाल कम्पनिको सम्पर्कमा पुगे । साउदीमा दुई वर्ष विताएर नेपाल फर्किए ।
लामो समयसम्म विदेशको गर्मीमा काम गरें, तर कमाई जति घरखर्चमा नै सकियो । बचत गर्न नसक्ने भएपछि त्यहाँबाट फर्किएर आफ्नै गाउँमा अटो व्यवसायमा लागेका छन् ।
अहिले उनी आफ्नै गाँउमा अटो मालिक बनेका छन् । विदेशको लामो समय सम्म कमाएको पैसा भन्दा अटो व्यवसाय सञ्चालन गरेर केहि मनग्य आम्दानी भएको बताउछन् । विदेशमा गएर कम्पनी वा अन्य केहि निजी व्यवसायमा गुलामी गर्नु भन्दा स्वदेशमा केहि गर्न सके अति उत्तम हुने उनी बताउनछन् । “साथी भाइहरुले प्रदेशमा गएर पसिना बगाउनु भन्दा स्वदेशमै केहि काम गरे हुन्छ, विदेश तिर जाने हो भने केहि सिप र तालिम सिकेर मात्र जाने सन्देश उनको छ” ।
त्यति मात्र होइन उनीसंग गित संगित क्षेत्रमा पनि उनको रुची रहेको छ । उनले बाँसुरी, बाजा, सारङ्गी, मादल बजाउने गर्दछन् । श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय थक्लेनी बाट कक्षा पाँच सम्म पढेका उनले, स्कुल स्तरिय नृत्य गाएन र बाद्यवादन प्रतियोगिता हुने बेलामा बाँसुरी बजाउने जिम्मा उनलाई पर्दथ्यो । राजा वीरेन्द्रले वि.सं. २०४८ सालमा कक्षा पाँचमा पढ्दा धन बहादुरलाई बासुरी बजाएको सुनेर पुरस्कार दिएको उनी सम्झन्छन् ।
सानै छदाँ उनको बुवा, बाजेले सारङ्गी बजाउने गर्दथे । सामाजिक परम्परा अनुरसार गाईने जातीमा सारङ्गी बजाएर जिविका चलाउने चलन रहेको छ । ‘त्यसै अनुरुपमा पनि मेरा बाबु बाजेले सारङ्गी बजाएर जिविका चलाउने गर्दथे धन बहादुरले भने ।’ तर पछिल्लो समयमा यसको महत्व घट्दै गएको छ । यस बारे उनले भन्छन् पछिल्लो पुस्तासम्म आइपुग्दा सारङ्गी भनेको के हो ? हाम्रा छोरा छोरीले देखेका छन् तर पछिल्लो पुस्ता सम्म पुग्दा गाईने जातीले भन्दा अन्य जातीले पनि सारङ्गी बजाउने र प्रर्‍योग गर्ने गरेको पाईन्छ । उनको परिवारमा आफु श्रीमती दुई छोरी र एक छोरा छन् ।


तपाईको प्रतिक्रिया