
सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय दैलेखले बालिका लाई जबर्जस्तीकरणी गरेको आरोपमा १ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाँउपालिका वडा नं. २ बेस्ताडा बस्ने बर्ष १८ को मोहन बुढा रहेका छन ।
बुढाले सोही ठाउँकी परिवर्तित नाम १६ वर्षिय बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।
प्रमुख श्रेष्ठका अनुसार निज बुढालाई जिल्ला अदालत दैलेखबाट म्याद थप अनुमती लिएर प्रहरी हिरासतमा राखी आवश्यक थप अनुसन्धान भईरहेकोछ ।


दर्शन खबर । १९ फाल्गुन २०७७, बुधबार