सुर्खेतको भेरीगंगामा योजना छनौट प्रक्रिया बारे अभिमूखिकरण

सुर्खेत ।
सुर्खेतकाे भेरीगंगा नगरपालिका १२ छिन्चुमा सहभागितामुलक योजना निर्माण प्रक्रिया सम्बन्धि एक दिने अभिमूखिकरण गरिएको छ ।
नागरिक समाज ः पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा भएको कार्यक्रममा युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र सुन्दर नेपाल संस्थाको सुर्खेतको सहजिकरणमा सञ्चालित तालिममा जनप्रतिनिधि, स्थानीय सभा , रेडियो श्रोता समुह , कर्मचारी र नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।
स्थानीय सरकारको योजना तर्जुमा प्रक्रियाको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला कार्यक्रम अधिकृत रबिन्द्र कुमार चन्द र परियोजनाका अभियान सुपरभाईजर गगन खड्काले सहजिकरण गरेर थिए ।
कार्यक्रममा योजना तर्जुमाका प्रक्रिया, समय तालिका, योजना छनौटका विधि र योजना प्राथमिकिकरण आधार लगायत विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा सहभागिले स्थानीय सरकार बनेको २ वर्ष वित्दा पनि योजना छनौट गर्ने प्रक्रियाको बारेमा अन्यौल भयको र योजना छनौट प्रक्रियाको बोरमा जानकारी नभएको बताएका थिए ।
कार्यक्रम नगर प्रमुख भूपेन्द्र बहादुर चन्दले यस्ता कार्यक्रमले योजना छनौट प्रक्रिया सुरु हुने बेला भएकाले कार्यक्रम महत्वपुर्ण भउको बताए ।
कार्यक्रममा वडा नम्वर ११ अध्यक्ष तिलकराम डाङी , १३ अध्यक्ष टिकाराम सुबेदी , स्थानीय सभाका शान्ता डाङी र रेडियो श्रोता समुहका कुस्मा खनाल लगायतले भनाई राखेका थिए ।
उनीहरुले अभिमूखिकरणले स्थानीयलाई वस्ति स्तरमा योजना छनौट प्रक्रियामा भाग लिन सहज र उत्साहित बनाएको बताए ।
उनीहरुले यस्तो कार्यक्रम नगरपालिकाका सबै वडा तथा वडाका वस्ति स्थरमा पनि गर्नुपर्ने सुझाव दिएका छन् ।


तपाईको प्रतिक्रिया