सुर्खेत । आधारभुत सहकारी लेखापालन तालिम सोमबारदेखी सुर्खेतको भेरिगंगामा सुरु भएको छ । भेरिगंगा नगरपालिकाको आयोजनामा सुरु भएको तालिम यहि बैशाख २८ गते सम्म संचालन हुनेछ ।
भेरिगंगा नगरपालिका भित्र रहेका सम्पुर्ण सहकारीका व्यवस्थापक तथा लेखा समितिहरुको सहभागिता रहेको नगर उपप्रमुख रेणु आचार्य ढकालले जानकारी दिईन् ।
अहिलेको अवस्थामा सहकारीका माध्यमबाट पनि समाजलाई समृद्ध गर्न सकिने भएको कारणले तालिमको आयोजना गरिएको उनको भनाई रहेको छ ।
भेरिगंगाका सबै सहकारीहरुले सहकारीको मर्म अनुसार जनाताको हित हुने गरि काम गर्नु पर्ने कार्यक्रमका अध्यक्ष समेत रहेका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले बताए ।
कार्यक्रममा भेरिगंगा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत कमल प्रशाद पौडेल लगाएत अन्य जनप्रतिनिभि तथा कर्मचारीहरु गरि करिब पचास जनाको सहभागिता रहेको थियो ।


दर्शन खबर । २३ बैशाख २०७६, सोमबार