सुर्खेत ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईनसेक सुर्खेतले आन्दोलनका घाईतेहरुलाई यातायात तथा समन्वयात्मक खर्च प्रदान गरेको छ ।
सोमबार कार्यालयले कर्णाली प्रदेश प्राप्तिका लागि सुर्खेतमा भएको आन्दोलनका क्रममा घाईते भएका ३ जनालाई १०÷१० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
आन्दोलनका क्रमा गोली लागेर घाईते भएका अनिष पन्त, नरबहादुर पुरी र रामबहादुर श्रेष्ठलाई नगद सहयोग गरेको हो ।
आन्दोलनका क्रममा गोली लागेका उनीहरुले हवाईजहाज चार्टर गरेर उपचारका लागि काठमाडौं गएका थिए । त्यसक्रममा लागेको खर्च सरकारबाट उनीहरुले पाएका छैनन् ।
यातायात खर्च पाउन बारम्बार काठमाडौं जाँदा थप खर्च हुने गरेकोले उनीहरुलाई सहयोगस्वरुप यातायात तथा समन्वयात्म खर्चका रुपमा रकम प्रदान गरिएको ईनसेक सुर्खेतका संयोजक नारायण सुवेदीले बताए ।
‘आफ्नो अधिकारका लागि खर्च गरिरहेकाहरुलाई हामीले पनि आफ्नो तर्फबाट सहयोग गरेका छौँ ।’ सुवेदीले भने ।
२०७२ साउन २५ गते प्रहरीको गोली लागेको अनिष, नरबहादुर र रामबहादुरले आफूले उपचार गराउन जाँदा लागेको खर्च माग गर्दै बारम्बार काठमाडौं जाँदा पनि नपाएपछि ईनसेक सुर्खेतमा २०७५ माघ १८ गते समन्वय गरिदिन भन्दै निवेदन दिएका थिए ।
निवदेनका आधारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ईन्सेकले पहल गरिदिन आग्रह गरेको थियो ।
अझसम्म पनि उनीहरुले पाउनुपर्ने यातायात खर्च पाउन नसकेकाले ईनसेकका तर्फबाट यातायात खर्चस्वरुप सहयोग गरेको सुवेदीले बताए ।
उनीहरुको यातायात खर्च उपलब्ध गराउन ईनसेकले पहल गरिरहेको उनले जानकारी दिएका छन् ।


दर्शन खबर । २३ बैशाख २०७६, सोमबार