कर्णाली प्रदेश अस्पतालका डा.सापकोटाको कोरोना संक्रमणबाट मृत्यु

सुर्खेत, १५ असोज । कोरोना संक्रमणवाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको मृत्यु भएको छ । चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।
प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
डा. सापकोटाको निधनप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले कोभिडको संक्रमणबाट हामीले हाम्रा अभिभावक गुमाएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले यो घटनाले देशकै लागि अपूरणिय क्षती भएको उल्लेख गर्दै कोरानालाई हल्का रुपमा नलिन आग्रह गरेका छन् ।


तपाईको प्रतिक्रिया