सुर्खेत, १२ असोज । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोनो पुष्टि भएको नीजि सचिवालयलयले जानकारी दिएको छ ।
नीजि सचिवालयलय एक विज्ञप्ती जारी गर्दै कलौनीलाई कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड–१९ को लक्षण देखिएकोमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो’ प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ अनुरुप प्रदेश प्रमुखको पीसीआर परीक्षण गर्दा उहाँलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।’ कलौनीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी हाल होम आइसोलेसमा रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


दर्शन खबर । १५ आश्विन २०७७, बिहीबार