शारदा नगरपालिका १३ का अध्यक्ष दुइ दिन देखी सम्पर्क बिहिन


सल्यान, १२ असोज । सल्यानको शारदा नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष दुईदिन देखी सम्पर्क विहिन भएका छन् ।
वडा नम्वर १३ का वडा अध्यक्ष तुल्सी रावत दुइ दिन देखी परिवारको सम्पर्कमा नआएको पारिवारिक स्राेतले बताएको छ ।
असोज ११ गते घरबाट सदरमुकाम खलंगा जान्छु भनेर गएको र त्यसपछिबाट परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतको भनाई रहेको छ ।
वडा अध्यक्ष रावत परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोज तलाशको लागी अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए ।
प्रहरीमा सुचना आए लगतै वडा अध्यक्षको खोजतलाश शुरु भईसकेको उनको भनाई रहेको छ ।


तपाईको प्रतिक्रिया