सुर्खेत ।
लेकवेशी नगरपालिका सुर्खेतमा एक हप्ताकोलागि नगरपालिका तथा नगरपालिका अन्तर्गतका सबै वडाहरुमा अत्यावसेक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।
शुक्रबार गरिएको कोरोना भाइरस (कोभिड–१९)को परिक्षणमा नगरपालिकाका केही कर्मचारीमा शंक्रमण पुष्टी भएपछि आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै असोज १३ गते देखी असोज १९ गते सम्मको लागि अत्यावसेक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको हो ।



दर्शन खबर । १३ आश्विन २०७७, मंगलवार