कुकुरलाई खोप लगाई लेकवेशीमा पनी रेविज दिवस मनाइयो

सुर्खेत, १२ असोज । रेविज अन्त्य गर्न सहकार्य गरौ खोप लगाऔ भन्ने नाराका साथ १४ औँ विश्व रेविज दिवस आज लेकवेशीमा पनी प्ररारम्भ गरिएको छ ।
नगर पशु शाखा लेकवेशीले आयोजना गरेको कार्यक्रममा किसानको कुकुरलाई निशुल्क रुपमा रेजिवको खोप लगाई दिवसको आरम्भ गरिएको हो
कुकुर तथा रेविज लाग्न सक्ने जनावरहरुलाई नियमित रुपमा खोप लगाई यो रोग वाट वच्नको लागी किसानहरु सचेत हुनुपर्ने नगर पशु शाखा प्रमुख उमादत्त चपाँईले जानकारी दिए। शाखा प्रमुख चपाँईका अनुसार सप्ताहव्यापी कार्यक्रम गर्ने योजना भएता पनी कोरोना कहरका कारण गर्न नसकिएको हो । आज मात्रै ६५ वटा कुकुरहरुलाई खोप लगाईको र कोरोना कहर सामान्य भय पश्चात अन्य वडाहरूमा समेत खोप लगाईने चपाँईले जानकारी दिए । नगर प्रमुख गगन सुनारले सबै किसानहरुलाई घरमापालिएको कुकुरहरुलाई खोप लगाउन सुझाव दिए । कार्यक्रममा नगर प्रमुख सुनार लगाएत प्रमुख प्रशासकिय अधीकृत कृष्ण प्रशाद खरेल, उपप्रमुख शान्ती कुमारी छन्तेल, वडा नम्वर १० का वडा अध्यक्ष कमल प्रशाद आचार्य लगाएको सहभागिता रहेको थियो ।

 


तपाईको प्रतिक्रिया