बनगाड कुपिन्डेमा पानिको संकट, बसाई सरे स्थानिय

सल्यान । बनगाड कुपिन्डे नगरपालिकाको १२ वडामा नै खानेपानीको सल्यानमा चरम सङ्कट देखिएको छ । गर्मी समय लागे संगै पानीका मुहान सुक्दै गएकोले पानीको सङ्कट देखिएको हो ।
साबिकका गाविसहरु निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् ।
बनगाड कुपिन्डे नगरपालिका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय अमर प्राबी प्रअ झलक बुढाले बताए ।
उच्च डाडकाडा बस्तीहरुमा पानीको अभाव भएपछि तीनरचार घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ ।
एउटै घरबाट दुई÷तीन जनाले पालैपालो पानी आसार्नु परिरहेको र दैनिक अन्य काम छाडेर पानी ल्याउने काम मात्र गर्ने गरेका र वर्ष भरी खानेपानीको समस्या हुने बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुराका स्थानीय इन्द्र पुनको भनाई छ ।
पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको निगाल्चुलाका प्रेम बहादुर पुनले बताए ।
आकासे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ ।
पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ ।
यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनाए ।
पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् ।
पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताए ।
पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जानथालेका छन् । खानेपानी अभावसँगै विद्यालय र घरमा बनाइएका शौचालय दुर्ग्िन्धत र फोहर भएर प्रयोग बहिनी भएका छन भने । खानेपानीबाट यस क्षेत्रका करिब ३६ हजार जनसंख्या प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया