बैशाख भित्रै रिङ्गरोडमा विद्युतिय गाडी गुड्ने

काठ्माडौ

बैशाख भित्रै काठ्माडौ उपत्यकाको रिङरोडमा विद्युतिय गाडी गुड्ने भएको छ । सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाका अनुसार करिब ३ महिनादेखि नीतिगत अस्पष्टताको कारण थन्किएको २ वटा विद्युतीय गाडी सञ्चालन गर्ने तयारी भइरहेको छ ।
उर्जा मन्त्री वर्षमान पुनले एक हप्ता भित्र महशुल निर्धारण गरिने र गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी पनि ल्याइने बताए । यो गाडी सुरुवातमा रिङरोडमा गुड्ने र पछि अन्य शाखाका बाटोमा पनि गुडाइने कम्पनीले जनाएको छ । त्यस्तै यो गाडीमा चढ्ने यात्रुहरुले जहाँ पुगेपनि २० रुपैँया मात्रै लाग्ने र  विद्यार्थीलाई ५ रुपैया छुट दिने मन्त्री पुनले जानकारी दिएका छन । तर अशक्तलाई भने निशुल्क यात्रा गराइने जनाएको छ ।

उक्त गाडीमा सवार गर्ने यात्रुलाई शुरक्षित रुपमा यात्रा गर्नकोलागि ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा रहेको छ । गाडीलाई चार्ज गर्नको लागी अहिले कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ ।

तपाईको प्रतिक्रिया