भाेलिदेखी पञ्कोशी यातायात प्रा.लि. सञ्चालनमा आउने

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर बसपार्कबाट भाेलिदेखी पञ्कोशी यातायात प्रा.लि. सञ्चालनमा आउने भएको छ ।
आज वीरेन्द्रनगरमा एक प्रेस विज्ञप्ती जारी गर्दै भोली देखि कर्णाली प्रदेश राजधानी सुर्खेत देखि दैलेख, जुम्ला, नेपालगञ्ज, कालिकोट, मुगु र काठ्माडौसम्मको रुटमा यातायात सञ्चालन गरिने जानकारी दिएको छ ।
हाल साना र ठुला गरि १५ वटा सुविधाजनक बसहरु रहेको पञ्चकोशी यातायात प्रा.लि.ले वीरेन्द्रनगर बसपार्कबाट सेवा सञ्चालन गर्न लागेपनि आगामी दिनमा बस संख्यासंगै रुट समेत थप गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जेष्ठ नागरिकको सम्मान र उत्तर दायित्वलाई बोध गर्दै जेष्ठ नागरिकहरुलाई भोलि सुर्खेत स्थित धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रहरुको निशुल्क रुपमा दर्शन तथा भ्रमण गराई सेवा सुभारम्ब गर्ने बताइएको छ ।
यातायात प्रा.लि.ले आफ्नो सेवा सञ्चालन गर्नु अघि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानविय सेवामा समर्पित कुनै एक संस्थालाई तत्कालै रु. दश हजार रुपैया सहयोग समेत गर्ने र सेवा विस्तार पश्चात सुचना विभागको प्रेस पासको आधारमा पत्रकारहरुलाई यात्रामा २० प्रतिशत छुट गरिने समेत यातायात प्रा.लि.का अध्यक्ष सञ्जय खत्रीद्धारा हस्ताक्षरित विगेप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया