राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै नेकपा स्थायी समिति बैठक स्थगित


काठ्माडौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक साउन १३ गतेसम्मस्थगित भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै साउन १३ गतेसम्म स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसैविच नेकपाले बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्न सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । नेकपाले सरकारलाईसमेत राहत र उद्धारमा जुट्न आग्रह गरेको छ ।
अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। मंगलबारको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने उपस्थित थिएनन् । बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।
नेकपा स्थायी कमिटी बैठक १७ दिनमा पटक–पटक गरेर ९ पटक स्थगित भएको छ । दुई दिन भने बैठक दुई÷दुई पटक स्थगित भएको छ । पटकपटक स्थगित हुँदै आजका लागि तोकिएको बैठक बाढी र पहिरो पीडितको राहत र उद्धारका लागि जुट्ने प्रस्ताव पारित गर्दै साउन १३ सम्म स्थगित भएको हो ।
मंगलबार ११ बजेका लागि तय भएको नेकपा स्थायी समित बैठक २ घण्टा सारिएको थियो । १ बजेका लागि बोलाइएको बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया