समुदायमा प्राईम कर्मशियल बैंक

सुर्खेत । प्राईम कर्मशियल बैंक शाखा छिन्चुले समुदाय स्तरमै पुगेर सेवा दिएको छ । बैंकले दुर्गम बस्तीमा पुगी सेवा दिन थालेपछी स्थानियहरुले समुदायको बैंक भन्दै प्रसंसा समेत गरेका छन् । भेरिगंगा नगरपालिका वडा नम्वर १ लेखपराजुलमा पुगी सेवा दिएपछी स्थानियहरु खुशी भएका हुन । भेरिगंगा नगरपालिका वडा नम्वर १ लेखपराजुलका जानकी सिंह भन्छीन बैंकले गाउँमै आएर सेवा दिन थालेपछी सहज भयो नत्र भने खाता खोल्नका लागी मात्रै हामिलाई ३ देखी ४ दिन लाग्थ्यो ।
अहिले बैकले रातदिन नभनी सेवा दिएको छ । प्राईम कर्मशियल बैंक शाखा छिन्चुका प्रमुख राम बहादुर परियार भन्छन, हामिले जनताको घरदैलोमै पुगेर सेवा दिएका छौँ । अहिले बैंकले टास्क फोर्स युनिटनै बनाएर सेवा दिईरहेको शाखा प्रमुख परियारले बताए । पछिल्लो समय प्राईम कर्मशियल बैंक शाखा छिन्चु जनताको मन जित्न सफल भएको छ । हाल छिन्चुमा ५ वटा बैंक प्रतिसप्रधामा रहेका छन् ।

तपाईको प्रतिक्रिया