संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागी सर्मपित मेरोपनी घर छ । (भिडियो सहित)


सुर्खेत । समसामयीक कथा ब्यथालाई चित्रण गर्दै गित संगितका माध्यमबाट समाजमा सचेतना फैलाउने सर्जक हुन् सुर्खेतका निर्मल प्याकुरेल ।
नेपाल लगाएत विश्वभर फैलीएको कोरोना भाइरस (कोभिड(१९)को महामारीमा खटिएका सुरक्षाकर्मी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुक कथाव्यथालाई आफ्नो नयाँ गित फुटेर हैन जुटेर यो महामारीलाई हटाऔं, मेरोपनि घर छ सार्वजनिक गरेका छन् ।
उक्त गितमा सर्जक प्याकुरेलले कोरोना संक्रमण फैलीन नदिनका लागी गित मार्फत उजागर गरेका छन् ।
गितमा निर्मलले पुर्खाले बनाएको इतिहासमा धेरै गर्व गरिसकेको र अब नयाँ इतिहास बनाउने वेला आएकोले फुटेर हैन जुटेर यो महामारीलाई हटाउनुपर्ने भाव व्यक्त गरेका छन् ।
गितमा राष्ट्रिय कलाकारहरु धिरेन शाक्य, सुनिल थापा, राजेन्द्र खड्गी, निर्मल शर्मा (हात्ती), विष्णु सापकोटा (हर्के हवल्दार), कमलकान्त मैनाली, गजित विष्ट, विरेन्द्र हमाल, नन्दा बस्यालको अभिनय रहेको छ ।
प्याकुरेलको लय शब्दमा सुर्खेतका उदयमनन गाएक कवि गिरीले स्वर दिएका छन् । गितको संगित संयोजन सुर्खेतकै स्थानीय हिमाल थापा मगरले गरेका हुन ।
त्यस्तै गितमा प्रेम शर्मा, घनश्याम गौतम, अर्जुन विसी, गणेश गौतम, प्रेमदेव गिरी, यज्ञ गिरी, कुलमान नेपाली, चिन्तामणी कँडेल र रेशम प्याकुरेलको पनि अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया