क्वारेन्टाईनमा छैनन् सुरक्षाकर्मी, के गर्दैछ ईप्रका लेकवेशी


सुर्खेत, १८ बैशाख ।
क्वारेन्टाईनमा सुरक्षाकर्मी नहुदाँ समस्या लापरवाही बढेको छ । लेकवेशी नगरपालिका वडा नमवर ९ खाँणदेवी मावी चौरासेमा रहेको क्वारेन्टाईनमा सुरक्षाकर्मी नहुँदा लापरवाही बढेको हो । हाल १२ जना बस्दै आएका क्वारेन्टाईनमा गाउँका मान्छे तथा आफन्तहरु मनोमानी रुपमा क्वारेन्टाईनमा जाँदा आफुहरुलाई चुनौती बढेको वडा नम्वर ९ का वडा अध्यक्ष मान बहादुर खड्लुकले बताए । यता ईप्रका लेकवेशकिा ईन्सपेक्टर जितेन्द्रदेव शमाले भने आपुहरुलाई सुरक्षाकर्मी पठाउनकालागी जिल्ला सुरक्षा समितीको आदेश चाहिने र अहिले सम्म आदेश नआएका कारण सुरक्षाकर्मी नपठाएको बताए । सुरक्षाको अभाव भएको कुरा ईप्रका तथा जिल्ला सुरक्षा समितीका पटक पटक जानकारी गराउदाँ जिल्ला सुरक्षा समितीले कुनैपनी कदम नचालेको नगर प्रमुख गगन सिं सुनारले बताए । यता सुर्खेतका सहायक सिडियो कृष्ण बहादुर खड्काले जिल्लामा २८ वटा क्वारेन्टाईन रहेको र सवैमा सुरक्षाकर्मी पठाउन सम्भव नभएको भन्दै आगामी सुरक्षा समितिको बैठकबाट निर्णय गरि सरक्षाकर्मी पठाउन सकिने जानकारी दिए । हाल लेकवेशीमा ३ वटा क्वारेन्टाईनमा ९७ जना रहेका छन् ।


तपाईको प्रतिक्रिया