किट अभावका कारण आरडिटी परिक्षण नगरीकनै क्वारेनटाईनबाट बिदा


सुर्खेत, २० बैशाख । लेकवेशी नगरपालिकाको क्वारेन्टाईनमा रहेका ८ जनालाई १४ दिन पश्चात घर पठाईएको छ ।
जिवन ज्योती मावी दशरथपुरको क्वारेन्टाईनमा रहेका वडा नम्वर ५ का ५ जना वटा नम्वर ६ का २ जना र वडा नम्वर ७ का १ जनालाई घर पठाईएको हो ।
८ जना मध्य २ जनाको मात्रै आडिटी परिक्षण गरिएको छ । परिक्षण गरिएका २ जनाकै नेगेटिभ आएको छ । परिक्षण किटको अभावका कारण प्रत्यक कोठामा बसेकाहरु मध्यबाट नमुनाको रुपमा २ जनाको मात्रै परिक्षण गरिएको हो । नगरपालिकामा जम्मा ५२ वटा किट आएकोमा ५० जनालाई आरटिडी टेष्ट गरिएको छ भने २ वटा किट रहेका नगर स्वास्थ्य शाखाका स्वास्थकर्मी कर्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरनै किट आभाव भएका कारणले नमुनाको रुपमा आरडिटी परिक्षण गरिएको हो । जिल्लाले किट पठाउने तयारी गरिरहेको आर्चायको भनाई रहेको छ । यता नगरपालिकाका प्रमुख गगन सिं सुनारले भने आरडिटी परिक्षण नगरी घर पठाईएकाहरुको किट प्रयाप्त हुनासाथ घरमै पुगी परिक्षण गरिने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया