राउटे समुदायलाई खाद्यान्न वितरण


सुर्खेत, १८ बैशाख ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ११ चैतबाट गरेको लकडाउनका कारण राउटे समुदायले पनी घुमफिर गर्न पाएका छैनन् । लकडाउनका कारण राउटेहरू समस्यामा परेको भन्दै विहिवार लेकवेशी नगरपालिका सुर्खेतले उक्त राउटे समुदायलाई खाद्यान्न वितरण गरेको छ ।
भेरिगंगा नगरपालिका वडा नम्वर २ को भेरि किनारमा बस्दै आएका ४६ घरपरिवार राउटेलाई प्रतिघर परिवार ३० केजिका दरले चामल ५ लिटर तेल र १५० थान मास्क वितरण गरिएको हो ।


राउटे समुदायमा खाद्यान्न अभाव नहोस र उनिहरुको स्वास्थ्यमा भन्ने हेतुले खाद्यान्न वितरण गरिएको लेकवेश िनगपालिकाका प्रमुख गगन सिं सुनारले बताए । पहिला लेकवेश िनगरपालिकामै बसेका उनिहरु समय समयमा नगरपालिकामा जाने र भएका कारणले गर्दा पनि उनिहलाई कुनै समस्या नहोस भनेर खाद्यान्न वितरण गरिएको नगरपालिकाकी उपप्रमुख शान्ती कुमारी छन्नेलले बताईन् ।


तपाईको प्रतिक्रिया