२ बच्चा छोडेर क्वारेन्टाईनबाटै पोईला

काठमाडौं । विश्वमहामारीको रुपमा फैलिएको कारोना भाईरसका कारण देश लकडाउनमा रहेको बेला नेपालमा पनि रोचक घटनाहरु बाहिर आउन थालेका छन् । यस्तै रोचक घटना हो बारा जिल्लाको निजगढ नगरपाँलिकामा एक २२ वर्षीया महिला क्वारेन्टाइनबाट एक पुरुषसंग भागेकी छिन् । क्वारेन्टाइनबाट रातको २ बजे भागेका ती जोडीलाई प्रहरीले केही घण्टामा नै पक्राउ गरेको छ । उनको नाम गंगा गुरुङ भएको बताइएको छ । गुरुङ १८ गते काठमाडौंवाट हिँडेर ३ दिनमा बारा पुगेकी थिइन् । उनीसँगै रहेकी दिदीले यो कुरा खुलाएकी हुन् ।
काठमाडौंवाट पैदल हिडेर पुगेका कारण उनीहरुलाई ज्वरो आएको थियो, खुट्टा पनि सुन्नीएको थियो त्यसैले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा दिदी बहिनीलाई सँगै राखिएको थियो । बहिनीको घर चितवन भएपनि लकडाउनका कारण खान बस्न अप्ठेरो होला भनेर आफुले बहिनीलाई आफ्नै घरमा ल्याएको भएपनि क्वारेन्टाइनमा बस्न परेको उनले बताइन् । आफुसँगै आएको बहिनी आफुलाई क्वारेन्टाइनमा छोडेर अर्कै केटासँग भागेपछि दिदी निकै चिन्तित भएकी छन् । एउटा घरमा क्वारेन्टाइनमा बसेका दिदी बहिनी मध्य बहिनी भागेपछि अहिले दिदीमात्र छन् । क्वारेन्टाइनमा एउटै कोठामा बसेको भएपनि उनीहरुको बेड अलग थियो ।
क्वारेन्टाइनमा हुँदा बहिनी फोनमा कुरा गरिरहन्थिन् तर दिदीले वास्ता गरिनन् । वहिनी पनि विवाहित भएको र आफ्ना श्रीमानसँग भने केही समय यता राम्रो सम्बन्ध नभएको दिदीले बताएकी छन् । बहिनीको २ बच्चा पनि छन् । जेठो सन्तान ६ वर्षको रहेको दिदीले बताइन् । बहिनी जो संग भागिन् त्यो पुरुष पनि एउटै गाउँको भएकाले काठमाडौंबाट पनि सँगै गएका थिए । काठमाडौंमा भेटिएपछि हामी एउटै गाउँमा जाने मान्छे सँगै जाउँ भनेपछि सँगै गएको बताइन् । बहिनी त्यसरी हिँडेपछि २ छोराछोरीलाई बहिनीको पहिलाको श्रीमानको परिवारले नै लिएर गएको बताइन् । जनतासमाचारबाट


तपाईको प्रतिक्रिया