नारायणगढस्थित प्रभु बैंकमा आगलागी

चितवन । नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई सोमबार बिहान करिब साढे ११ बजेतिर बैंकमा आगलागी भएको हो ।
विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको बताइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।


तपाईको प्रतिक्रिया