रानाद्धारा चिंगाड गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग


सुर्खेत, १६ बैशाख ।
चिंगाड गाउँपालिका वडा नं. ५ निवासी अमर रानाले चिंगाड गाउँपालिकालाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतमा सिनियर अहेव पदमा कार्यरत रानाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । रानाले इन्फ्रारेड थर्माेमिटर ६ थान, सर्जिकल मास्क ३ सय थान, सेनिटाइजर ५ सय एमएल, लुज ग्लोब ५ सय थान लगायतगरी ५१ हजार ५ सय बराबरको सामग्री सहयोग गरेको गाउँपालिकाले जनाएको छ । हाल विश्व ब्यापी रुपमा फैलियको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा अग्रस्थानमा खटिएका चिङाड गाउँ पालिकामा कार्यरत स्वास्थ्य कर्मीहरुको मनोबल बढाउनका लागि सहयोग गरेको रानाले बताए ।


तपाईको प्रतिक्रिया