सुर्खेत, १४ बैशाख । पौडी खेल्ने क्रममा बेपत्ता भएका असई भुपाल कार्किको शव तिन दिन पछी फेला परेको छ ।
गुर्भाकोट नगरपालिका मेहेलकुनाको सिटिहल कोरोना रोकथाम तथा नियन्त्रण क्वारेइनटाईन ब्यबस्थापन ईन्चार्जको रुपमा असई भुपाल कार्कीको आईतवार भेटिएको हो ।
१२ गते ४ बजे भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका कार्कीको शव आईतवार करिब ५ बजे जहरे नजिक भेरी नदिमा बहदै गरेको अवस्थामा भेटिएको हो ।
सुर्खेत मेहेलकुना निमारे निवासी भुपाल कार्की केहि दिनबाट मेहेलकुनाको क्वारेइनटाईनमा ड्युटीरत थिए ।
बेपत्ता भएको जानकारी पछि सशस्त्र प्रहरी एपीएफ स्थानिय मिलेर तिब्र खोजतलासपछि कार्कीको शव फेला परेको हो ।
उनको शवलाई सुर्खेत क्षेत्रिय अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाईने मेहेलकुना प्रहरी कार्यालयले जानकारी गरेको छ ।
कार्की सेवाबाट रिटायर्ड हुने अवस्थामा रहेका थिए ।
सुर्खेत लेकवेशी नगरपालिका लेखफर्सामा कार्यरत कार्की कोरोना रोकथाम तथा नियन्त्रणको महमारिको रोक्न निर्माणाधीन गुर्भाकोट नगरपालिकाको सिटिहलमा क्वारेईनटाईन व्यवस्थापन ईन्चार्जको रुपमा खटिएका थिए ।



दर्शन खबर । १४ बैशाख २०७७, आईतवार