
सुर्खेत, ३ बैशाख ।
चिंगाड एकता मञ्च सुर्खेतले कोरोना बिरुद्धको प्रतिकार्यका लागि चिंगाड गाउँपालिकालाई सुरक्षा सामग्री सहयोग गरेको छ ।
मञ्चले गाउँपालिकालाई छ थान पिपिई सेट सहयोग गरेको हो । कोरोना प्रतिकार्यका लागि रात दिन खटिरहेका स्वास्थ्यकर्मीहरु नै असुरक्षित हुनसक्ने भएकाले पिपिई सेट सहयोग गरेको मञ्चका अध्यक्ष टोपबहादुर विसीले बताए । उनले कोरोनाबाट जोगिनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष विसीले सबैजना एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । गाउँपालिकाले सहयोग प्रति धन्यवाद दिँदै सहयोग गर्न चाहानेहरुलाई गाउँपालिका मार्फत एकद्वार प्रणालीबाट सहयोग गर्न आग्रह गरेको छ ।



दर्शन खबर । ३ बैशाख २०७७, बुधबार