
सुर्खेत, २९ चैत ।
कर्णाली प्रदेश सुर्खेतको बिरेन्द्रनगर स्थित घणटघरको क्वारेन्टाइनमा राखिएकाहरुलाई दुई सातापछि घर पठाउन थालिएको छ ।
जम्मा १८८ जना मध्य शुक्रबार र शनिबारगरी १८३ लाई घर पठाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतका अमर रानाले जानकारी दिए । दुई सातासम्म क्वारेन्टिनमा राखी जाँच गर्दा कोरोना नदेखिएकाहरुलाई घर पठाइएको रानाले बताए । उनका अनुसार बाँकी पाँच जनाको रिपोर्ट आउन बाँकी भएकाले रिपोर्टप्राप्त भएपछि कोरोना नदेखिएकालाई घर पठाइने छ । दुई साता क्वारेन्टिनमा बसेकाहरुलाई थप ७ दिन आफ्नो घरमै सुरक्षित बस्न भनिएको छ । प्रदेश सरकार नेपाली सेना, वीरेन्द्रनगर नगरपालिका र जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतको सहयोगमा उनीहरुलाई सम्बन्धित गन्तव्यमा पु¥याइने प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । मन्त्री रावलले सबैलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन् । साथै उनले अझै बाहिरबाट आउनेहरुलाई क्वारेन्टिमा राखिने र जाँच गरेर मात्रै घर फर्किन दिने बताए । उनले प्रदेशले अहिले जाँचलाई तिब्रता दिइरहेको बताउँदै हालसम्म । शनिबारदेखि ‘¥यापिड टेष्ट किट’ मार्फत विदेशबाट आएकाहरुको जाँच शुरु गरिएको मन्त्री रावलले जानकारी दिए । यस अन्तर्गत ‘¥यापिड टेष्ट किट’ मार्फत परिक्षण गर्दा केही लक्षण गरिएकाहरुलाई थप जाँच गरिने उनले बताए । संघीय सरकारका स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री रावत स्वयंमले ल्याएर कर्णाली प्रदेशलाई पाँच हजार ‘¥यापिड टेष्ट किट’ उपलब्ध गराएकोले उक्त किट जिल्ला जिल्लामा पठाएर जाँच शुरु गरिएको उनले जानकारी दिए ।


दर्शन खबर । २९ चैत्र २०७६, शनिबार