कर्णालीमा पहिलो पटक सिम्तामा र्यापिड परिक्षण, सबैको नेगेटिभ


सुर्खेत, २९ चैत । कर्णाली प्रदेशमै पहिलो पटक सिम्ता गाउँपालिकामा ¥यापिड परिक्षण गरिएको छ ।
जिल्लाको उत्तरी पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँपालिकाले विदेशबाट आएका आफ्ना नागरिकहरुको ¥यापिड डाइगोनिस्टीक परिक्षण गरेको हा । ¥यापिड परिक्षण गर्ने कर्णाली प्रदेशको पहिलो स्थानीय तह भएको गाउँपालिकाका अध्यक्ष कविद्र कुमार केसिले बताए । भारत तथा विदेशबाट आएका मध्य ४६ जनाको परिक्षण गरिएको थियो सवै जनाको रिपोट नेगेटिभ आउको गाउँपालिका अध्यक्ष केसिले बताए । कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणका लागि यसको निदान र उपचार विधि आरडिटि स्कृनिङ विधि अवलम्बन गर्ने यो पहिलो स्थानीय तह रहेको छ । यसरी अन्य गाउँ पालिका तथा नगरपालिकाले गरेका छैनन् । देशमै यो समयमा अधिमतम कम क्षेत्रमा मात्रै यो विधि प्रयोगमा आएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय सुर्खेत कर्णाली प्रदेशका ल्याव असिस्टेन्ट दयाराम पंगाली,प्रेम प्रकाश चपाइ,गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुन, सन्तोष वुढा लगाएतको चिकित्सकको टोलि रर्या्पिट टेष्ट परिक्षण गरिरहेको छ । भारतबाट आएका १ सय ४५ र अन्य मुलकबाट आएका ७ जनाको र्या्पिट टेष्ट गरिने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए ।


तपाईको प्रतिक्रिया