कक्षा ११ र १२ को परीक्षा स्थगित, थाहा पाउन अर्काे सुचना कुर्नुपर्ने

काठमाण्डौ, २५ चैत । कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित भएकोे छ ।
मंगलवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मंगलवार निर्णय भएको हो ।

यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह सरकारले गरेको छ । सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।
बोर्डका सदस्य सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गरेका छन् ।


तपाईको प्रतिक्रिया