सार्वजनिक बाटो तुरून्त खोल – अध्यक्ष भारती

सुर्खेत, २५ चैत । पत्रकार महांसघ शाखा सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले सार्वजनीक बाटो तुरुन्त खोल्न भनेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण लकडाउन गरिएको अवस्थामा स्थानिय नागरिकहरु आफ्नो घरमा बस्न छोडी सार्वजनीक बाटो बन्द गराउने काममा शक्रीय भएका छन् । यसरि बाटो बन्द गर्नु राम्रो नभएको भन्दै तत्काल सार्वजनीक बाटो खोल भन्दै आफ्नो फेसबुकमा उनले स्टाटस पोष्ट गरेका छन् । उनको भनाईमा धेरै जनाले सहमती समेत जनाएका छन् । सार्वजनकि बाटो बन्द गर्दा सुरक्षाकर्मि, स्वास्थ्यकर्मि तथा संचारकर्मिलाई आवतजावतमा समस्या भएको उनले उल्ल्ेख गरेका छन् ।

उनको भनाई यस्तो छ ।


यो लकडाउनमा बाटो बन्द गर्ने कुरा चाही कसरी आयो ह ? के ताल हो यस्तो ? राती आकस्मीक रुपमै बाटो बन्द गर्ने टोलका नागरिक विरामी भए एम्बुलेन्स कसरी ल्याउने ? यिनै नागरिकलाई उपचार गर्न दिनरात खटिरहेका डाक्टर अन्य स्वास्थ्यकर्मी अस्पताल र घर आवतजावत गर्नुपर्दैन ? यस्तो विषम परिस्थीतीमा सञ्चारकर्मी नागरिकलाई सुचना दिन रातदिन खटीरहेका छन् उनिहरुलाई आफ्नो मिडीया हाउस आवतजावत गर्नुपर्दैन ? उद्दार र अन्य काममा सुरक्षाकर्मी हाम्रो टोल वरपर जानुपर्दैन ? प्रदेश अस्पताल कालागाउ जाने बाटो सहित वीरेन्द्रनगरभरी गरिएको यस्तो निन्दनीय कार्यको वीरेन्द्रनगर सरकारका पदाधिकारीहरुले जिम्मा लिन्छन् कि सार्वजनिक बाटोमा हालिएका ति बार स्थानिय प्रशासनले गएर भत्काउछ । कोरोनाबाट बच्ने नाममा यो नाजायज काम ठिक भएन । बाटोमा हिड्दा कोभीड १९ सर्ने होइन । खुरुखुरु सबै आ आफ्नो घरभित्रै बसे भैगो नि अत्यावश्यकीय कामका लागि नागरिकको भलाईमा कम्तीमा सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र सञ्चारकर्मी त हिड्छन नी हो सार्वजनिक वाटोमा । बासका भाटा हालेर बन्द गरिएका सबै बाटो तुरुन्त खोल ।

 


तपाईको प्रतिक्रिया