स्वास्थ्य राज्यमन्त्री रावतद्धारा दशगजास्थित क्वारेन्टेन अनुगमन


सुर्खेत, २५ चैत ।
नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपाल¬ भारत सिमास्थित दशगजामा निर्माण गरीएको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका छन ।
राज्यमन्त्री रावतले मंगलबार दशगजास्थित क्वारेन्टाइनको अनगुमन गरेका हुन् । भारतबाट फर्किएका नेपालीहरुबाट कोरोना संक्रमण फैलनसक्ने सम्भावना रहेको भन्दै केही दिन पहिले दशगजा क्षेत्रमै क्वारेन्टाईन स्थापना गरीएको थियो । क्वारेन्टाईनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका साथै भौतिक पुर्वाधारको अनुगमन गर्दै रावतले कोरोनाप्रति सजग हुन सबैलाई आग्रह गरेका छन् । क्वारेन्टाईनमा बस्दै आएका ब्यक्तिहरुको नियमित स्वास्थ्य जाँच, अत्यावश्यक सामग्रीको उपलब्धता र सरसफाईमा बिशेष ध्यान दिन मन्त्री रावतले सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् । साथै क्वारेन्टाईनमा बसेकाहरुलाई सरकारले अवलम्बन गरेको नितिको पूर्ण पालना गरी कोरोना बिरुद्धको अभियानमा साथ दिन समेत मन्त्री रावतले आग्रह गरे । नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरीसकेको बताउँदै स्वास्थ्य राज्य मन्त्री रावतले लकडाउन अवधिभर घरभित्रै बसेर सहयोग गर्न सबैलाई आह्वान समेत गरेका छन । उनले अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको दर न्युन भएपनि सबै सचेत हुन आवश्यक रहेको बताए ।

मन्त्री रावतसँगै प्रदेश सभा सदस्य आईपी खरेल, नेकपा बाँकेका नेता निरक गुरुङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि, भेरी अस्पतालका निमित्त मेसु डा प्रकाश थापा, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले दशगजा क्षेत्रमा रहेको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका थिए ।


तपाईको प्रतिक्रिया